हेटौंडामा कोरोना परीक्षण नयाँ विधिबाट

हेटौंडा खबर
२१ पुष २०७७, मंगलवार १०:१८

हेटौंडामा कोरोना संक्रमण परीक्षण नयाँ विधिबाट सुरु गरिएको छ । हेटौंडामा उपमहानगरपालिकामा पीसीआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना संक्रमणको परीक्षण सुरु भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार पीसीआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना संक्रमण परीक्षण सुरु गरिएको बताए ।

कोरोना संक्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ । जसमा पहिलो पीसीआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको बताइएको छ । एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो गरी दुईपटक जाँचको व्यवस्था गरिएको छ । यो विधिबाट अहिले तत्काल तीन हजार जनाको परीक्षण गर्ने गरी सामग्री आएको उनले जानकारी दिए ।

कोरोना जाँचका लागि पीसीआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*