सुनको मूल्य आजपनि बढ्यो

हेटौंडा खबर
२१ पुष २०७७, मंगलवार ११:४५

 मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १ हजार १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९५ हजार ९०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमवार प्रतितोला रू. एक हजार ३२५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. १० ले बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*