१० महिना पछी आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर

हेटौंडा खबर
२१ पुष २०७७, मंगलवार १४:५८

१० महिना पछी आज मंगलबारबाटबाट मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर औपचारिक रुपमा खुल्ला गरिएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सु-प्रसिद्ध मानिएको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ खुल्ला गर्ने संम्वन्धमा भएको विभिन्न सरोकारवाला निकायको समन्वय र बृहत छलफलपछि अंग्रजी नयाँ वर्षको दिन मुक्तिनाथ खुल्ला गर्ने घोषणा गरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले संम्पूर्ण जिल्लाबासीको साथ र सहयोगले १० महिना अघिबाट कोरोना कहरले बन्द मुक्तिनाथधाम दर्शनका लागि खुल्ला भएको जानकारी दिए ।अध्यक्ष गुरुङले लामो समय मन्दिर बन्द हुँदा संम्पूर्ण भक्तजन ,पर्यटनकर्मीले र व्यवसायी लगायतले दुःख र सास्ती व्यवहोर्नु परेको र त्यस अवस्थाको अन्त्य गर्दे कोरोनाप्रति सचेत रहेर धार्मिक स्थल साविकको गतिबिधिलाई निरन्तरता दिने प्रयत्न भएको बताए ।

कोरोना कहरका कारण मुक्तिनाथ मन्दिर गत चैत्र ११ गते देखि बन्द रहँदै आएको थियो । जिल्लाबासीको सामुहिक प्रयास मुक्तिनाथ मन्दिर दर्शनका लागि खुल्ला भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*