हेटौंडामा एन्टिजेन परीक्षण : २ जनाको पोजेटिभ

हेटौंडा खबर
२१ पुष २०७७, मंगलवार २०:३०

हेटौंडामा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज पहिलो दिन एन्टिजेन विधिबाट गरिएको ३९ जनाको स्वाब परिक्षणमा दुईजनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

सरकारले समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन देशभरबाट झन्डै तीन लाख जनाको नमुना संकलन गरी निःशुल्क परीक्षण गर्ने भएको छ । सोहि अनुरुप सरकारले बागमती प्रदेशमा ३२ हजार (काठमाडौं उपत्यकाबाहेक) को एन्टिजेन परीक्षण गर्न लागेको हो ।

हेटौंडामा आज गरिएको परिक्षणमा २ जना पोजेटिभ रिपोर्ट आएको हो ।

‘एन्टिजेन विधि विश्वसनीय र छिटो रिजल्ट दिने भएकाले स्वास्थ्य मन्त्रालयले छुट्टै मापदण्डसमेत बनाएर परिक्षण सुरु गरेको छ  ।

एन्टिजेन परीक्षण के हो ? 

कोरोना जाँचका लागि पीसीआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ । स्वाबलाई बफरमा मिसाएर टेस्ट किटमा दुई थोपा राखिन्छ । बफरले भाइरसलाई सक्रिय बनाउने काम गर्छ । किटमा राखेको आधा घण्टापछि रिपोर्ट थाहा पाउन सकिन्छ ।

स्वाब राखेको किटमा एउटा धर्को देखिए कोरोना नेगेटिभ र दुईवटा धर्को देखिए पोजिटिभ भएको मानिन्छ । टेस्ट किटमा ‘आर’ र ‘टी’ लेखिएको हुन्छ । ‘टी’ मा धर्को देखिए कोरोना पोजिटिभ भएको प्रमाणित हुन्छ भने ‘आर’ मा धर्को देखिए नेगेटिभ मानिन्छ । कुनै पनि लाइनमा देखिएन भने पुनः स्वाब लिएर परीक्षण गर्नुपर्ने हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*