हेटौंडा अस्पतालको अस्तित्व बचाउन संघर्ष समिति, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौंडा खबर
२२ पुष २०७७, बुधबार २२:२०

“अस्तित्व हेटौंडा अस्पताल बचाउ अभियान संघर्ष समिति” ले हेटौंडा अस्पतालको अस्तित्व मेट्न नहुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आज बुधबार संघर्ष समितिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । हेटौंडा अस्पताललाई स्तरउन्नति गर्ने भन्दै प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अवधारणा अघि बढाएपछी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले संघर्ष समिति बनाएर विभिन्न मागहरु अघि सारेका हुन् ।

प्रतिष्ठानको ऐनमा भएका केहि बुदाहरुले अस्पतालका कर्मचारीहरुलाई असहज परिस्थितिमा पुर्याएको र मनोबैज्ञानिक त्रास उत्पन्न गराएकाले ध्यानाकर्षण पत्र बुझाइएको संघर्ष समितिका संयोजक डाक्टर राम चन्द्र सापकोटाले बताए ।

प्रतिष्ठानका नाममा हेटौंडा अस्पतालको अस्तित्वमै मेटिने र बर्षौदेखि अस्पतालमा काम गरिरहेका कर्मचारीलाई असहज परिस्थितिको सृजना भएकाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको सापकोटाको भनाइ छ ।

‘सरकारले अस्पताललाई ३०० शैया बनाएर स्तरोन्नति गर्नु निकै राम्रो कुरो हो, हामी त्यसको समर्थन र भरपुर सहयोग पनि गर्छौं, तर हेटौंडा अस्पतालको अस्तित्वनै समाप्त हुनु त भएन नि’, डाक्टर सापकोटाले भने ।

संघर्ष समितिले प्रदेश सरकारले भने जस्तो गरि प्रतिष्ठान संचालनका लागि हेटौंडा अस्पतालको जमिन र अन्य पूर्वाधारहरु समेत अपर्याप्त हुने जनाएको छ ।

पत्रमा लेखिएको छ “हालको हेटौंडा अस्पताललाई ३०० शैयाको बनाएर, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्यत्र उपयुक्त ठाउँमा सम्पूर्ण पुर्वाधारहरु सहित बिशाल अस्पताल बनाए मकवानपुरले स्वास्थ्यको क्षेत्रमा भोलिका दिनमा काचुली फेर्नेछ” ।

आज मुख्यमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा निम्न मागहरु अघि सारिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*