मकवानपुरका यी ४ गाउँपालिकामा बन्ने भयो १५ शैयाको अस्पताल, जग्गा व्यवस्थापन गर्न मन्त्रालयको पत्र

हेटौंडा खबर
२३ पुष २०७७, बिहीबार २१:०३

मकवानपुरको भीमफेदी, मकवानपुरगढी , बकैया र बागमती गाउँपालिकामा १५/१५ शैयाको आधाभुत अस्पताल बन्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको ५ देखि १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार गरिएको छ ।

मन्त्रालयले फागुन मसान्त सम्म तोकिएको मापदण्ड अनुसार जग्गा व्यवस्थापन गरि विवरण पठाउन भनेको छ । मन्त्रालयले २१ पुषमा मन्त्रीस्तरीय निर्णय गर्दै २ सय ५९ स्थानीय तहलाई जग्गाको व्यवस्था गर्न पत्राचार गरेको हो ।

मन्त्रालयले स्तरोन्नती हुने स्वास्थ्य संस्थाका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनोट गरी जिल्ला समन्वय समितिको सिफारिससहित मन्त्रालयमा पठाउन भनेको छ । त्यस्तै, मन्त्रालयले अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिमको जग्गा व्यवस्थापन गर्न पनि पत्राचार गरेको छ ।

सरकारको आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा भूगोलको जनसंख्याको आधारमा स्थानीय तहमा पाँचदेखि पन्ध्र शैयासम्मको अस्पताल बनाउने उल्लेख गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*