मकवानपुर क्याम्पस भित्र सङ्ख बजाउदै प्रधानमन्त्रीको पुत्ला !

हेटौंडा खबर
२४ पुष २०७७, शुक्रबार १०:११

मकवानपुर बहुमुखी क्याम्पसका केहि बिद्यार्थीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

बिहिबार अनेरास्ववियु नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले क्याम्पस अगाडी प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । कारण हो प्रतिनिधि सभा बिघटन ।

प्रचण्ड– नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी पुस २१ देखि  २९ गते सम्मकादोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।

सोहि निर्णय अनुसार यहाका बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

क्याम्पस परिसर भित्रै बाँसमा प्रधानमन्त्री ओलीको पुत्ला झुन्डाएर एकोहोरो सङ्ख बजाउदै नाराबाजी गरेका थिए । संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थी आफुहरु अहिले दोस्रो चरणको आन्दोलनमा रहेको र सोहि अनुसार प्रदर्शन गरिरहेको बताउछन् ।

प्रधानमन्त्रीको कदम बिरुद्ध देशभर प्रदर्शन भईरहेको छ । विभिन्न दल र तिनका संगठनहरुले बिरोध जनाइरहेका छन् । तर प्रदर्शन र बिरोधको नाममा शैशिक सस्था भित्रै यस्तो हर्कत गर्नु कत्तिको जायज हो ?

यस्ता उछ्रिन्खल गतिविधि गर्दा समेत क्याम्पस प्रशासन किन मौन बस्छ ? प्रश्न उब्जिएको छ । के क्याम्पस प्रशासनकै मिलेमतोमा त एक शैशिक सस्थाको हाता भित्र यस्ता गतिबिधि भैरहेका छैनन् ?

बिरोधको नाममा बिहिबारको बिद्यार्थीहरुको यस्तो हर्कतको चौतर्फी आलोचना भैरहेको छ । अभिभावक तथा आम नागरिकले पनि यस्ता गतिबिधि क्याम्पस हाता भित्र हुनु गलत भएको बताएका छन् ।

यसबारे सम्बन्धित सबै निकायले गम्भीर रुपमा सोच्नु जरुरि छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*