ट्रम्पको एकाउन्ट सँधैका लागि बन्द गरिदियो ट्वीटरले

हेटौंडा खबर
२५ पुष २०७७, शनिबार ०७:४०

माइक्रोब्लगिङ सोसल साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिदिएको छ। स्थानीय समयअनुसार शुक्रवार ट्रप्मको आधिकारिक ट्वीटर ह्यान्डल रहेको रियलडोनाल्डट्रम्पलाई अनिश्चितकालका लागि निलम्बनमा पारेको ट्वीटरले जनाएको हो।

बुधवार अमेरिकी सिनेटमा सदन चलिरहँदा ट्रम्पले उक्साएका प्रदर्शनकारीले भाँडभैलो मच्चाएका थिए। सोही घटनापछि ट्वीटरले ट्रम्पविरुद्ध कडा नीति लिएको हो। लगत्तै केही ट्वीट हटाइदिएको ट्वीटरले केही बेरमै १२ घण्टाका लागि एकाउन्टमा लक लगाइदिएको थियो।

सोही क्रममा हिंसा भड्काउने खालका ट्वीटहरु आएमा सदाका लागि एकाउन्ट बन्द गरिदिने चेतावनी ट्वीटरले दिएको थियो। फेसबुकले पनि ट्रम्पको एकाउन्ट पेज दुई हप्ताका लागि लक गरिदिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*