संसद विघटनविरुद्ध कांग्रेस मकवानपुरले आज यी ४ ठाउँमा बिरोध प्रदर्शन गर्दै

हेटौंडा खबर
२५ पुष २०७७, शनिबार ०९:०८

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ ।

सोहि अनुरुप कांग्रेस मकवानपुरले मकवानपुरको ४ स्थानमा बिरोध प्रदर्शन गर्ने जनाएको छ । कांग्रेस मकवानपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ अन्तर्गत छतिवनमा र १ को प्रदेश सभा ‘ख’ अन्तर्गत हेटौंडाको बुद्धचोकमा प्रर्दशन गर्दैछ ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ‘ख’ अन्तर्गत मनहरी बजारमा विरोधसभा गर्ने कांग्रेस मकवानपुरले जनाएको छ ।

हेटौंडामा हुने विरोधसभालाई कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति एवम् बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठकले शनिबार देशभरका प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णयलाई असंवैधानिक भन्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*