हेटौंडामा काङ्ग्रेसको प्रदर्शन : “धतुरो रोपेर सुन्तला पाइदैन, कम्युनिष्ट रोपेर लोकतन्त्र बच्दैन”

कम्युनिष्टलाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आयो
हेटौंडा खबर
२५ पुष २०७७, शनिबार १७:०५

नेपालि कांग्रेसका नेता एबं पुर्व मन्त्री अर्जुन नरसिंह केसीले नेकपालाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आएको बताएका छन् । नेपालि कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा ख मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले जसरि जनताले लोकतन्त्र बिरोधी राणा र राजा इतिहासमा सिमित भएका छन् त्यसैगरी अब कम्युनिष्टलाई पनि इतिहासमा सिमित गर्नुपर्ने बेला आएको बताए ।

२००७ सालको क्रान्तिदेखि देशका १७ हजार भन्दा बढी जनताको ज्यान लिएर राष्ट्रको सम्पति तहसनहस गर्नेलाई पनि डोर्याएर लोकतन्त्रमा ल्याउने पार्टी नेपालि काङ्ग्रेस नै भएको बताउदै उनले लोकतन्त्रको सम्बाहक काङ्ग्रेस बाहेक अरु उन नसक्ने बताए । लोकतन्त्रका लागि काङ्ग्रेसको यात्रा निकै लामो रहेको र हाल सम्मका नेपालका संबिधान सबै नेपालि काङ्ग्रेसकै पालामा बनको उदाहरण दिदै नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री ओली भस्माशुरको अवतारमा जन्म लिएको बताए ।

उनले लोकतन्त्रको बिरोधी भस्माशुरलाई राणा र राजालाई हटाए जसरी हटाउनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा केसीले “घरमा धतुरोको बोट रोपेर सुन्तला खान पाइदैन, कम्युनिष्टको बोट रोपेर लोकतन्त्र बच्दैन भन्ने कुरा सबैले बुज्न जरुरि रहेको र त्यो कुरा नेकपा आफैले प्रमाणित गरेको पनि बताए ।

नेपकाको सरकार प्रहशनको मात्र मात्र बनेको र कहिले बिरालो त कहिने लाटोकोसेरोको उखान जोडेर हसाउन बाहेक केहि गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कुनै पनि बहुमत प्राप्त दलले संसद भंग गर्ने अधिकार नेपालको संविधानले नदिएको भन्दै केपी ओलीले संविधानको भावनामाथि खेलवाड गरेको बताए । बैशाखमा निर्वाचन हुन नसकेमा स्वतः संसद पुनस्र्थापना हुनसक्ने गरी अदालतले फैसला गर्ने बानियाँले विश्वास व्यक्त गरे ।

‘नेपाली कांग्रेसले स्तन्त्र न्यायपालिकालाई कुनै दबाब दिँदैन । स्वतन्त्र रुपमा न्यायपालिकाले काम गरोस् । संविधानले परिकल्पना नगरेको कुरातिर नजान आग्रह गर्न हामी सडकमा आएको हो ।’ बानियाँले भने ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का सभापति तारानाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, पार्टी सल्लाहकार एवम् नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात दाहाल, प्रदेशसभा सदस्यका प्रत्यासी अशोक शाक्य, पार्टी हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडाको फरेष्टी गेटअघिबाट निस्किएको विरोध जुलुस बुद्धचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*