मोबाइल एसोसिएसन मकवानपुरको अध्यक्षमा दिनेश लामा

हेटौंडा खबर
२५ पुष २०७७, शनिबार २१:४०

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा निर्विरोध निर्वाचित भएका छन ।

प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार आयोजित ९औं साधारणसभा तथा ५औं अधिवेशनबाट लामा आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित बनेका हुन ।

यसैगरी एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर), उपाध्यक्षमा कुमारमणि त्रिपाठी, महासचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा नवराज चौलागाईं, सचिवमा शिवराज बास्तोला र सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका छन् ।

साधारण सभाले एसोसिएसनको सदस्यहरुमा विशाल श्रेष्ठ, मिलन स्याङतान, कृष्ण श्रेष्ठ, नवराज त्रिपाठी, राकेशकुमार केशरी र प्रविण वैद्यलाई चयन गरेको हो । एसोसिएसनका निवर्तमान अध्यक्ष एसिस रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, एसोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष अंकुरप्रसाद गौतम लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा सिलिकन नेपाल प्रालिद्धारा स्थापित स्व. पशुपतिराम आचार्य स्मृति पुरस्कार २०७७ बाट खेलकुद क्षेत्रमा क्रियाशिल युवा सुशिल घिमिरेलाई दश हजार नगद सहित सम्मान गरिएको थियो । यस्तै गौतम मोवाइलको तर्फबाट एसोसिएसनका एकल महिला सदस्य अनिता राईलाई नगद पाँच हजार पचास रुपैयाले सम्मान गरिनुका साथै विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*