मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल

हेटौंडा खबर
२५ पुष २०७७, शनिबार २२:१६

मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल चयन भएका छन् । संघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा चौँथो विशेष अधिवेशनले सर्वसम्मत रुपमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम उपाध्यक्षमा दीपक मिश्र, महासचिवमा श्याम सुन्दर परियार, कोषाध्यक्षमा ऋषिराम दुलाल र सचिवमा रवीन ढकाल चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा नवीन ढकाल, प्रभाकर पुढासैनी, भवनाथ सापकोटा, गोकुल विडारी, मधु मैनाली, मनिषमान श्रेष्ठ, विनोद थापा र लिलानाथ न्यौपाने चयन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*