श्रीमान् लाई सिलौटोले हानि हत्या गरेर आत्महत्या
हेटौंडा खबर
२६ पुष २०७७, आईतवार ०९:५४
श्रीमान् को हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छिन । सुर्खेत घर भई काठमाण्डौको टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले कन्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
केसीको शव बेडरुममा र श्रीमती सुदीक्षाको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।