हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान अझै खुलेन, हुलिया यस्तो छ

हेटौंडा खबर
२६ पुष २०७७, आईतवार २१:४६

हेटौंडा उपमहागरपालिका वडा नंबर ११ थानाभर्याङमा एक पुरुषको शव फेला परेको छ । आईतबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्तर्गत थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शवको वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान मृत भटिएका पुरुषको अझै पहिचान खुल्न सकेको छैन् । शव हेटौंडा अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले हुलिया सार्वजनिक गरेको छ । मृतकलाई चिन्ने जो कोहिले नजिकै को प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रहरीका अनुसार मृतकको हुलिया यस्तो छ ।

बायाँ छातीको भागमा K लेखेको निलो रंगको विन्क सिटर (ज्याकेट), सेतो रङको फुल सर्ट, अगाडी वायाँ छातीको भागमा paul & SHARK yachting लेखेको कलर  र बाउलाको भागमा कालो लाईन भएको हाल्फ टिसर्ट, Bigboss लेखेको सेतो सेण्डो, अगाडी दाहिने तिघ्राको भागमा FEDERATIA ROMANA DEFOOTBAL FONDATA INANUL 1909 लेखेको पहेँलो लाईन धर्का भएको निलो ट्राउजर, दाहिने तिघ्राको भागमा sports लेखेको खरानी रंगको हाल्फ पाईन्ट लगाएको, कानमा माक्सको सेतो डोरी रहि कालो रंगको माक्स चिउडोमा रहेको, बर्ण गहुँगोरो, उचाई अं.५ फिट ५ ईन्च, कपाल कालो छोटो, हल्का दाह्रि जुंगा आएको, नामथर, वतन नखुलेको अं. ३५।४० बर्षको पुरुष, 

यसमा तपाइको मत

Your email address will not be published.


*