पूर्वराजा ज्ञानेन्द्रले भने- देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ

हेटौंडा खबर
२७ पुष २०७७, सोमबार ०७:०६

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । २९९औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले अहिले हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ कति जनहित अनुकुल छ, त्यसको समिक्षा हुन् अब विलम्ब भएको टिप्पणी गरेका छन् ।

उनले राजतन्त्रले जनताको चाहना हुदा सक्रिय भूमिका निर्वाह गरेको मात्र नभई राजगद्धी त्याग्ने उच्च साहस र इमान्दारी दर्शाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् – ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ । यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*