हेटौंडाको सामना होटलमा एक व्यक्ति मृत फेला

हेटौंडा खबर
२७ पुष २०७७, सोमबार १६:१३

हेटौंडाको सिद्धार्थ सामना होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

हेटौंडा उपमहानगरपालिका ४ स्थित सामना होटलमा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    उक्त शव ओखलढुंगा घर भई हाल भक्तपुर बस्दै आएका अन्दाजी ६० वर्षीय लेखजंगध्वज केसीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनी हेटौंडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि पुस १२ गते हेटौंडा आएको प्रहरीले जनाएको छ । उनीसहित ४ जनाको टोली केही दिनदेखि होटलमा बसेका थिए ।

घटनाको थप आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*