मकवानपुर गढी दरबारका संरचना जथाभावी भत्काइदै, किन वास्था गर्दैन गाउँपालिका ?

हेटौंडा खबर
२७ पुष २०७७, सोमबार १७:०७

मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको प्रति आम नागरिकले चासो व्यक्त गरेका छन् ।  जिर्णोद्वारको नाममा गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी संग भत्काएको छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थानलाई सम्रक्षण गर्नु को साटो धमाधन भत्काउन सुरु गरिएको हो । मकवानपुर गढीका मुख्य बनोट, कोत घर, दरबार लगायत मन्दिरहरूको उचित जीर्णोद्धार हुनुपर्ने मागहरु उठिरहेका बेला, कुनैपनि निकायको उपस्थिति बिनानै पर्खालहरु भत्काउन थालिएको छ ।

यस्ता ऐतिहासिक महत्वका संरचना जिर्णोद्वार तथा पुननिर्माण गर्दा आधिकारीक निकायले विभिन्न प्रक्रिया पुर्याएर पुरातात्विक महत्वका भग्नावशेषसमेतलाई सम्रक्षण गर्दै पुननिर्माण गर्नुपर्ने हुन्छ तर गढीदरबारका संरचना कुनैपनि निकायको उपस्थिति बिनै जथाभावी भत्काईएको छ ।

यस्ता संरचना जिर्णोद्वार तथा पुननिर्माण गर्दा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले हेर्ने गर्दछ तर ऐतिहासिक महत्वको गढी दरबारका सरचना मनलाग्दी भत्काईरहदा कसैले चासो देखाएको छैन ।

यता मकवानपुर गढीगाउपालिका भने दरबारको जीर्णोद्धारको काम पुरातत्व विभावले नै गरिरहेको बताएको छ । विभागले नै बजेट छुट्टाएर काम अघि बढाएको र गाउँपालिकाले पनि समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले बताए । “हाम्रो समन्वय छ, काम पुरातत्व विभावले गरिरहेको हो, हामीले विभागकै अधिकारीको उपस्थितिमा काम गर्नुपर्यो भनेर खबर गरेको छौं “, त्यहि अनुसार हुन्छ उनले भने ।

गाउँपालिकाका अनुसार पुरातत्व विभावले काम अघि बढाएको भएपनि यसमा स्थानीय सरकारले चासो दिनुपर्ने हो, तर यस प्रति गाउँपालिकाले चासो नदिएको प्रष्ट देखिएको छ । केहिदिन अघिदेखि धमाधम जथाभावी पर्खाल भात्काइरहे पनि गाउँपालिकाले भने निरिक्षण समेत नगरेको नागरिकको गुनासो छ ।

यस विषयमा पुरातत्व विभाग र स्थानीय सरकार जिम्मेवार हुनु जरुरि छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*