हेटौंडाको क्याम्पाडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु

हेटौंडा खबर
२७ पुष २०७७, सोमबार १८:१०

हेटौंडाको क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

केहि समय अघि कान्तिलोकपथ सडकखण्ड अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर –५ स्थित क्याम्पाडाँडा सडकमा हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउदै गरेको ना१क ८३३३ नम्बरको टिपर ठक्कर दिदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

दुघर्टनामा अर्का एक जना घाइते भएका छन् । गम्भीर घाइते उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*