मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना

हेटौंडा खबर
२ माघ २०७७, शुक्रबार १८:४८

मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ ।

गत जनवरी देखि डिसेम्बरसम्मको एक बर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेकले जनाएको हो ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना पीडित भएको जानकारी दिएका छन् । अधिकारीका अनुसार १९ जना बालिका पीडित भएकोमा ती मध्ये १२ जना बालिका बलात्कार, ६ जना यौन दुव्र्यवहार र १ जना नवजात शिशुको हत्या भएको जनाएका छन् ।

इन्सेक मकवानपुरले एक बर्षको अवधिमा जिल्ला अदालत मकवानपुरमा दर्ता भएका मुद्दा मध्ये ५ वटाको मात्रै फैसला भएको जनाएको छ ।
गत बर्ष मकवानपुर जिल्लामा मानवअधिकार उलङ्घनका तथा ज्यादतिका घटनामा ४६ जना महिला, ५ जना पुरुष सहित ५१ जना र राज्यपक्षबाट ५३ जना पीडित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*