आजको मौसम : देशका विभिन्न क्षेत्रको मौसम बदली

हेटौंडा खबर
३ माघ २०७७, शनिबार ०८:५९

अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।

आज राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू(भागहरूका साथै सुदुरपश्चिम प्रदेशका तराइका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश रगण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*