इन्डोनेसियामा भूकम्प जाँदा कम्तिमा ६७ जनाको मृत्यु

हेटौंडा खबर
३ माघ २०७७, शनिबार ०९:०९

इन्डोनेसियाको सुलावेशी टापुमा शुक्रबार गएको भूकम्पमा परी कम्तिमा ६७ जनाको मृत्यु भएको छ । ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी सय भन्दा बढी मानिस घाइते भएका इन्डोनिसियन रेडक्रस सोसाइटीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ ।

अझै दर्जनौँ व्यक्ति भग्नावशेष पुरिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । इन्डोनेसियन अधिकारीहरुले दिएको जानकारी अनुसार १५ हजार भन्दा धेरै मानिसहरु घरबारविहिन भएका छन् । दुई होटल, एक अस्पताल र क्षत्रीय गर्भनरको कार्यलय समेत भत्किएको समाचारमा जनाइएको छ ।

भत्किएका भवनभित्र मानिसहरु फसिरहेको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको स्थानीय अधिकारीहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*