गुड्दा गुड्दैको ट्रकमा आगलागी

हेटौंडा खबर
३ माघ २०७७, शनिबार १३:०१

तनहुँस्थित व्यास नगरपालिका १२ देउरालीमा गुड्दा गुड्दैको ट्रकमा आगलागी भएको छ । बिहान करिब सवा ५ बजे  पृथ्वी राजमार्गमा लु २ ख ११९ नम्बरको मालबाहक ट्रक आगलागी भएको हो ।

आगलागी शुरु हुनासाथ ट्रक चालक ट्रकबाट हाम फालेर सडकमा उत्रिएका थिए। आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ भने मानवीय क्षति भएको छैन ।

स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो। ट्रकमा वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*