योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी केटा पुक्क लात्ति हानेर भाग्यो’

हेटौंडा खबर
३ माघ २०७७, शनिबार १७:०१

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई ‘बैगुनी केटा’ को उपमा दिएका छन्।  प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्।

‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट मागेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ, मन्त्री बनाएँ, गरियो गरियो, एक दिन त पुक्क लत्ता हानेर भाग्यो,’ सम्बोधनको क्रममा ओलीले भने, ‘को भनेर यसो हेर्दा त उही केटो।’

प्रतिनिधिसभाको निर्वाचनमा ओली तेह्रथुम पुगी योगेशलाई जिताउन आग्रह गरेका थिए। ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै योगेशले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसैबारे प्रधानमन्त्री ओलीले युवाहरुले यस्तो गरेको भन्दै कार्यक्रममा दुखेसो पोखेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*