२० बर्षिया यी मोडल संग बिहे गर्दैछन् मुख्यमन्त्री राई

हेटौंडा खबर
४ माघ २०७७, आईतवार १०:१०

मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बेहुली बन्ने भएकी छन् । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुँदैछ ।

झण्डै ५० वर्षीय राईले २० वर्षीया शेर्पासँग विहे गर्न लागेका हुन् ।

मिस मंगाेल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।

प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी उनले आफ्नो सामाजिक सञ्जालमा केपी ओलीका भिडियो सन्देशहरु शेयर गरेकी छन् ।

मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।

राई एक युवतीसँगको सम्बन्धको चर्चाका कारण विवादमा पर्दै आएका थिए । दोलखाकी बालिका खड्काले उनीविरुद्ध अंश मुद्दा दायर गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*