पथलैयाको जंगलमा एक पुरुषलाई बाघले लगेको आशंका, खोज्दा भेटिएन

हेटौंडा खबर
१० माघ २०७७, शनिबार १२:२२

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरेको आशंकामा खोजि कार्य अधि बढाइएको छ ।

अन्दाजी ४५ वर्षीय पुरुषलाई अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले आक्रमण गरेको एक महिलाले जानकारी गराएपछी प्रहरी र निकुन्जको रेन्जर सहितको टोलीले हात्ती मार्फत खोजतलास गरिएको बारा स्थित अमलेखगञ्ज प्रहरीले जनाएको छ ।

सडकमा हिडिरहेका पुरुष सौच गर्न नजिकैको जंगल पसेको र केहीबेरमा ठुलो आवाजमा चिच्याएको र उनि नफ़र्किएपछि बाघले लागेको आशंकामा महिलाले प्रहरीमा खबर गरेको बताइएको छ ।

“एक जना महिलाले जानकारी गराउनु भायो, उहाले भन्नुभएकै आधारमा हामीले हात्ती मार्फत एक चरण सबै खोजतलास गरिसक्यौ केहि भेटिएन”, टोलीमा खटिएका प्रहरी इन्चार्ज सागर रानाले बताए  ।

निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि जंगलमा खोजी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*