हेटौंडाको ‘लिटिल बडी प्रि स्कुल’ले गर्यो चौकीटोलको ‘ओम बृद्धाश्रम’लाई सहयोग

हेटौंडा खबर
११ माघ २०७७, आईतवार १७:२३

हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित लिटिल बडी प्रि स्कुलले आफ्नो स्थापनाको एक बर्ष पुरा भएको अवसर पारेर बृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ ।

हेटौंडा –१ चौकिटोलमा रहेको ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको लागि स्कुलले नगद २० हजार ५ सय ५ रुपैँया सहयोग उपलब्ध गराइएको स्कुलका संचालक युवराज दाहालले जानकारी दिए ।

आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

स्कुलमा अध्ययनरत बालबालिकाहरुले आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई खाजा तथा फलफूलसमेत वितरण गरेका थिए ।

स्थापना दिवसको अवसरमा सामाजिक सेवाको काम गर्दा आश्रितहरुलाई टेवा पुग्ने र बालबालिकाहरुमा पनि सहयोगी भावनाको विकास हुनुको साथै प्रयोगात्मक नैतिक र सामाजिक शिक्षा प्राप्त हुने संचालक दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*