हेटौंडा अस्पतालमा छुट्टै पिसिआर ल्याब, सिटिस्क्यान सेवा पनि सुचारु

हेटौंडा खबर
११ माघ २०७७, आईतवार १८:०८

हेटौंडा अस्पतालमा पिसिआर ल्याब र सिटिस्क्यान सेवा सुचारु भएको छ ।

विभिन्न रोगको पिसिआर अब हेटौंडा अस्पतालबाटै हुने भएको छ । यस अघि हेटौंडाको किट जन्य रोग अनुसन्धान केन्द्रमा मात्र पिसिआर ल्याब रहेको थियो । अब भने अस्पतालको आफ्नै पिसिआर ल्याब सुरु भएको हेटौंडा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै निजि स्वास्थ्य सस्थाको सहकार्यमा अस्पतालले सिटिस्क्यान सेवापनि उपलब्ध गराएको डाक्टर श्रेष्ठले बताए । अब बिमा गरिएकाहरुको हेटौंडाको हेटौंडा डाइगोनोष्टिक सेन्टरको सहकार्यका निशुल्क सिटिस्क्यानको व्यवस्था मिलाइएको उनले बताए ।

हेटौंडा अस्पतालको पिसिआर ल्याबमा टीबी र फोक्सोको रोगको समेत परिक्षण हुने बताइएको छ । हाल कोभिड १९ कोरोना भाइरसको पिसिआर परिक्षण हेटौंडा अस्पतालबाटै भैरहेको डाक्टर श्रेष्ठले बताए ।

विभिन्न समस्याका बिच करिव डेढको बर्षको प्रयासपछी पिसिआर, सिटिस्क्यान लगायतका सेवाहरु अस्पतालले उपलब्ध गराउन सफल भएको डाक्टर श्रेष्ठले बताए ।

यसअघि हेटौंडा अस्पतालमा आइसीयु सेवा पनि सुचारु भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*