हेटौंडामा पनि कोरोनाविरूद्धको खोप लगाउन सुरु, पहिलो खोप डाक्टर श्रेष्ठले लगाए

हेटौंडा खबर
१४ माघ २०७७, बुधबार १०:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ गरेका छन् । यो संगै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि खोप अभियान सुरु भएको छ ।

आज हेटौंडा अस्पतालमा आयोजित एक कार्यक्रम बीच अस्पतालका प्रमुख डाक्टर प्रविन श्रेष्ठले खोप लगाएर अभियान सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको खोप अभियानको प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयक अनुसार काठमाडौंमा १२, भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट र काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ खोप केन्द्रबाट खोप लगाइनेछ ।

पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने बताइएको छ ।

नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*