वर्ल्डलिंकले हरेक प्रदेशमा इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

हेटौंडा खबर
१५ माघ २०७७, बिहीबार १७:५०

सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ ।

डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने वर्ल्डलिंकले जनाएको छ । १४ डाटसेन्टरहरूमध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुने जनाएको छ । अन्य बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछन् ।

ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले डाटासेन्टर स्थापना गर्न लागिएको कम्पनीले जनाएको छ ।

यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हुनेछन् । यसले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यवस्थापन मात्र नभएर अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र सम्पूर्ण देशलाई लाई चाहिने सूचना प्रबिधि, दुरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ ।

आगामी ३ बर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*