काठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने

हेटौंडा खबर
१६ माघ २०७७, शुक्रबार ०९:०५

काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ ।

काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

जसका कारण उपत्यका बाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउनुपर्ने बाध्यता रहँदै आएको खबर अन्नपूर्ण पोस्टमा छापिएको  छ।

यसमा तपाइको मत

Your email address will not be published.


*