हेटौंडा आउदै गरेको बस छतिवनमा दुर्घटना, ९ जना गम्भीर घाइते

हेटौंडा खबर
१६ माघ २०७७, शुक्रबार ०९:५८

पूर्वी मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो ।

३०  यात्रु सवार बस दुर्घटना  हुदा सबै यात्रु घाइते भएको प्नहरीले जनाएको छ  । दुर्घटनामा चालकसहित २२ जना घाइते भएको र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी हात्तिसुड़ेले जनाएको छ ।

सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भैरहेको र भाम्भिर घाइतेलाई उपचारका लागि हेटौंडा पठाईएको हात्तिसुड़े प्रहरीले जनाएको छ ।

बस के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*