हेटौंडाको मालपोत कार्यालय बिचौलियाको अड्डा, सेवाग्राहीलाई सास्ती

‘फास्ट ट्रयाक शुत्र’ले सर्वसाधारण हैरान
हेटौंडा खबर
१६ माघ २०७७, शुक्रबार १६:१७

जिल्ला मालपोत कार्यालय मकवानपुर बिचौलियाहरुको अड्डा बन्ने गरेको छ ।

सेवाग्राहीलाई सहयोग गर्ने बहानामा चर्को रकम लिने र कार्यालय भित्रै पुगी मनलाग्दी गर्दा सेवा लिन आएका सर्वसाधारणलाई भने निकै सास्ती हुने गरेको हो।

मालपोत कार्यालयमा सेवा ग्राहिको सम्पूर्ण काम झ्याल बाहिरबाट हुने भएपनि यहाको मालपोत कार्यालयमा बिचौलियाहरु मनलाग्दी संग कार्यकक्ष भित्रै पसेर कागजपत्र हेर्ने र आफ्नो काम गराउने गर्दछन्  । जसका कारण सर्वसाधारणहरुलाई भने निकै सास्ती हुने गरेको छ  ।

मालपोत कार्यालय अगाडी विभिन्न फर्म खोलेर बसेका व्यक्ति सरकारी कर्मचारी जस्तै गरी कार्यालय भित्र पसेर मनलाग्दी गर्दा समेत मालपोतका कुनैपनि कर्मचारीले रोकछेक गर्दैनन् । तर सर्वसाधारणले भने सामान्य सोधपुछ गर्न पनि झ्यालमै लाइनमा बस्नु पर्छ ।

फास्ट ट्रयाक शुत्र 

यदि तपाई हेटौंडामा रहेको मालपोत कार्यालयमा केहि कामको लागि जानुभयो भने एउटा शुत्र प्रयोग गर्नुपर्छ ।  त्यति गर्नुभयो भने मात्र तपाइको काम समयमै सकिन्छ । त्यो शुत्रको ‘फास्ट ट्रयाक शुत्र ‘ । यो शुत्र तपाई आफैले भने प्रयोग गर्न सक्नुहुन्न ।

यो शुत्र बिचौलियाले प्रयोग गर्छन् , तर तपाइले उनीहरुले भनेजति पैसा दिनुपर्छ ।

केहिदिन अघि हेटौंडा ५ का असिम राई आफ्नो जग्गा रोक्का गर्न हेटौंडा स्थित मालपोत कार्यालय गए । मालपोत कार्यालय अगाडीका घरका कोठै पिच्छे रहेका लेखापढी गर्ने अफिसमा पुगे । आफुलाई आउने र गर्न सक्ने काम पनि लेखापढी गर्ने व्यक्ति मार्फत गरेदेखि चाडै हुन्छ भन्ने जानेका रछन् उनले ।

उनले सहिछाप र ल्याप्चे लगाउनुपर्ने कागजमा सबै काम सके, त्यसपछि त्यहा एक बिचौलियाले इन्ट्री मारे । ति व्यक्ति सोहि फर्म संचालक नै रहेछन् , सिधै सोधे नियमले लाइनमा राख्ने कि फास्ट ट्रयाक ?

राइले भने, लाइनमा हो भने कति समय लाग्छ, फास्ट ट्रयाकमा कति समय ? उनले भने फास्ट ट्रयाकमा त २ घन्टामै हुन्छ नियममा जाने हो भने त ३-४ दिन लाग्छ । फास्टट्रयाकको लागि ८ हजारको डिमाण्ड आयो । उनले ६ हजारमा गरिदिन आग्रह गर्नासाथ ति बिचौलियाले बोलिहाले ५ हजार त भित्रै लिन्छन् अलिअलि मलाई नि चाहियो नि, ।

हुनपनि ति बिचौलियाले भने जस्तै जिल्ला मालपोत कार्यालयमा कमिशन र भष्ट्राचार हुने गरेको आम सर्वसाधारणले सजिलै अनुमान लगाउन सक्ने थुप्रै आधारहरु छन् ।

मालपोतका कर्मचारीले झ्यालबाट आएका सर्वसाधारणको फाइल भन्दा बढी सिधै भित्र परेर दिने बिचौलियाको काम पहिले गर्ने गर्दछन् । मालपोत कार्यालयमा एउटा सानो काम लिएर गएपनि कर्मचारीको ढिलासुस्तीले सेवाग्राही हैरान हुने गर्दछन् । एकैदिन सकिने काम पनि कर्मचारीकै मनोमानीका कारण ३ दिन सम्म लाग्ने गरेको सेवाग्राहीको गुनासो छ ।

सेवाग्राही भन्दा बढी देखिने बिचौलियालाई कार्यकक्ष भित्रै प्रवेश दिएर उनीहरुले ल्याएका सबै फाइल तुरुन्तै सदर गरिदिने तर लाइनमा बसेर नियमपूर्वक सेवा लिन आएका सर्वसाधारणलाई भने विभिन्न बाहानामा सास्ती दिने कर्मचारीको व्यवहारले आम सर्वसाधारण हैरान भएका छन् ।

तर यस प्रति सम्बन्धित कुनै निकायको ध्यान जाने गरेको छैन ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*