तराईका जिल्लामा दुई हप्तासम्म बाक्लो हुस्सु र कुहिरो

हेटौंडा खबर
१७ माघ २०७७, शनिबार ०८:११

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसमविद्का अनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना समेत रहेको छ। उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावका कारण तराईमा हुस्सु लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*