मुख्यमन्त्री डोरमणि पौडेलको यस्तो ‘हावादारी भाषण’ !

हेटौंडा खबर
१७ माघ २०७७, शनिबार २०:५९

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिधटन गरेपछि नेकपा २ चिरा परेको छ । संसद बिधटन यता केपी ओली पक्ष र माधव नेपाल- प्रचण्ड पक्षको सधै सभा,बैठक र भाषण सधै भैरहेका छन् ।

सधैका भाषणमा प्रधानमन्त्री केपी ओली र माधव नेपाल,प्रचण्ड लगायत पूर्वमन्त्रीहरुको दोहोरी नै चल्ने गरेको छ  हरेक कार्यक्रममा नेकपाका २ समुह बिच निकै व्यंग्य र कटाक्ष चल्ने गर्छ ।

विभिन्न कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न उखान टुक्का र तर्कहरु प्रस्तुत गर्दै उपस्थित कार्यकर्तालाई हसाउने गर्छन् । उनको उखान टुक्का र भनाईहरु सबैलाई सामान्यनै लागिसकेको छ ।

तर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै लाइनमा हिडेका छन् ।

हावादारी र नसुहाउने तर्कहरु निकै कम प्रस्तुत गर्ने मुख्यमन्त्री पौडेलले शनिबार भने नकै हावादारी पूर्ण भाषण गरे ।

शनिबार चितवनको भरतपुर स्थित केन्द्रीय बस टर्मिनलमा नेकपा चितवनले गरेको आमसभालाई सम्बोधन गर्नेक्रममा मुख्यमन्त्री पौडेलको भाषण निकै नसुहाउदो थियो ।

सम्बोधन गर्नेक्रममा सुरुमै उनले भने, ‘आजको यो बिसाल जनसभाले बिरोधीहरुको मुटु थर्किनेछ कतिलाई त आइसीयु मै भर्ना गर्नु पर्ने छ  धेरैलाई हर्ट अट्याक हुनसक्नेछ ’ ।

उनले त्यतिमात्र भनेनन् उनले डाक्टर साप हरुलाई आफ्ना हस्पिटलहरुमा आइसीयु बेड सुरक्षित राखिदिन आग्रह पनि गरे ।

मुख्यमन्त्रीले यस्तो हावादारी भाषण गरेको सम्भवत पहिलो पटक हो . जनसभामा उपस्थितहुनेहरुले उनको भाषण सुनेपछि तालि र हासोको फोहोरा त छाडे ,  तर उनको यो सम्बोधनको आलोचना पनि उत्तिकै भएको छ ।

उनले गरेको छोटो सम्बोधनमा खास कुरा केहि बोलेनन् उनले । बारम्बार प्रचण्ड, माधव नेपाल पक्ष तिर मात्र ब्यङ्ग गर्दै हावादारी भाषण मात्र गरे ।  उनले बिरोधीहरु नारायणीको पुलबाट हामफालेर आत्महत्या गर्न सक्छन् भन्दै त्यहा निगरानी बढाउनु पर्ने बताए ।

त्यतिमात्र हैन उनले प्रधानमन्त्री उपस्थित चितवनको सिटी हल शिलान्यास कार्यक्रम बहिस्कार गरेकोमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आलोचना पनि गरे ।

उनले भने “आज मतपत्र चपाएर, च्यातेर बिजयी हुनेहरु प्रधानमन्त्रीको उपस्थितिमा बहिस्कारका नारा र बिज्ञप्ति लिएर बसिरहेका छन्, म प्रश्न गर्छु कसको जुठोपुरो खाएर बसेको? ”

मुख्यमन्त्रीको भाषण यस्तो थियो 

यसमा तपाइको मत

Your email address will not be published.


*