बस्तीपुर जेसीजमा राजेश भेटवाल पदस्थापित
बस्तीपुर जेसीज हाँडीखाेलाकाे सन् २०२१ का लागि राजेश भेटवाल पदस्थापित भएका छन् ।
गत माघ ३ गते भएकाे निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका भेटवालले शनिबार बस्तीपुरमा आयाेजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् । बस्तीपुर जेसीज सन् २०२० का अध्यक्ष जयराम सुबेदीले नवनिर्वाचित अध्यक्ष भेटवाललाई पद हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष भेटवालसँगै सन् २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा निर्वाचित आकाश पाठक र तेजप्रसाद उप्रेती, उपाध्यक्षहरु रामचन्द्र दाहाल, महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल र ठहर नेपाल शंकरले पनि पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणसँगै भेटवालले महासचिवसहित विभिन्न पदमा मनाेनयनसमेत गरेका छन् । जेसीजकाे सन् २०२१ काे लागि कानुनी सल्लाहकारमा प्रदिप अधिकारी, महासचिवमा प्रेम गाेङ्बा, काेषाध्यक्ष शिवराज उप्रेती, सचिवमा राम गिरी, प्रकरण निर्देशक श्रीराम खड्का, जनसम्पर्क अधिकारी अनन्त अर्याल र शाखा सम्पादकमा सञ्जाेक उप्रेती मनाेनित भए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेकाे प्रमुख अातिथ्यतामा भएकाे पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसीजका सन् २००६ का अध्यक्ष राजेशमाेहन प्रधान, नेपाल जेसीजका सन् २०२१ का कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेश भेटवाल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप काेइराला, हेटाैंडा जेसीजका सन् २०२१ का अध्यक्ष लिसेन बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।