सोमबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित

हेटौंडा खबर
१८ माघ २०७७, आईतवार २२:०४

सोमबार बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

भोलि माघ १९ गते दिउसो २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै केहि समय अघि प्रदेशसभा सचिवालयले सूचना निकालेर स्थगित भएको जनाएको हो ।

प्रदेशसभा सचिव कृष्ण हरी खड्काको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘माघ १९ गते दिनको २:०० बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते बुधबार दिनको २:०० बजे बस्ने  व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि सादर अनुरोध गर्दछु’  ।

यसमा तपाइको मत

Your email address will not be published.


*