बागमती प्रदेशसभा परिसरमा सांसदहरूकै नारावाजी

हेटौंडा खबर
१९ माघ २०७७, सोमबार १६:५४

हेटौडा बागमती प्रदेशसभा परिसरमा सांसदहरूले नारावाजी गरेका छन् ।

बागमती प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रचण्ड– माधव समूहका प्रदेशसभा सदस्यहरुले आज हेटौँडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका हुन् ।आज बस्ने भनिएको बैठक अकस्मात हिजो राति एक सूचना निकालेर स्थगित गरिएपछी प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘अल्पमतको सरकार राजीनामा दे’ , ‘प्रदेशसभा सुचारु गर’ जस्ता नारा लगाएका थिए ।आज बस्ने बैठकमा  पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यक्रम थियो ।

मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्न नसकेकै कारण बैठक स्थगित गरिएपछी सांसदहरुले बिरोध जनाएका छन् ।प्रदर्शनमा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रदेश सांसदहरु अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, शालिकराम जमरकट्टेल, युवराज दुलाल, नेकपा मकवानपुर अध्यक्ष समेत रहेकी मुनु सिग्देल लगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*