मनहरीको सिता माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग

हेटौंडा खबर
२० माघ २०७७, मंगलवार २१:१२

मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडी मा रहेको श्री सीता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको छ । विदेशी नागरिक मार्कुस बेलिङ्गरले टुहुरा , जेहेन्दार , गरिब तथा विपन्न परिवारका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल युरोपमा बसोबास गर्दै आइरहेका जल्मा स्याङ्तानको पहलमा अष्ट्रेलियाका नागरिक मार्कुसले सहयोग गरेक हुन् । उनले हरेक वर्ष २ पटक यस्तै विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

विद्यालयका प्रधानाध्यापक हरि प्रसाद अर्याल तथा विद्यालयका शिक्षकहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*