बिहीबार देशव्यापी आम हड्तालको घोषणा

हेटौंडा खबर
२१ माघ २०७७, बुधबार १५:०२

 नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समुहले बिहीबार देशव्यापी आम हड्ताल घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थितिका कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नुपरेको बताउनुभयो ।

संवैधानिक निकायका पदाधिकारीलई सपथ खुवाएसँगै दाहाल–नेपाल पक्ष आक्रामक बनेको हो । नेतृ भुसालका अनुसार बिहीबार अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने भएको छ ।

यसअघि नै दाहाल–नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर त्यसमा आमहड्तालको कार्यक्रम भने थिएन । नयाँ घटनाक्रमका कारण नयाँ कार्यक्रम थपिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*