हेटौंडाको त्रिभुवन मावीका विद्यार्थीलाई ‘हिमानी ट्रस्ट’को सहयोग

हेटौंडा खबर
२१ माघ २०७७, बुधबार २२:२३

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित त्रिभुवन मावीका विद्यार्थीहरुलाई ‘हिमानी ट्रस्ट’ले सहयोग गरेको छ

बिद्यालयमा अध्यनरत गरिव र विपन्न समुदायका विद्यार्थीहरुलाई ट्रष्टले कपडा र स्लिपिङ ब्याग वितरण गरेको हो। हिमानी ट्रस्ट मकवानपुृरकी संयोजक सपना अधिकारीको टोलीले बुधबार विद्यालयमै पुगेर नर्सरी कक्षा देखी कक्षा ३ सम्मका ३५ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट र १० जनालाई स्लिपिङ ब्याग वितरण गरेको हो ।

विद्यालयमा १ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मकवानपुरको विकट क्षेत्रका विद्यार्थीलाई सहयोग सामग्री वितरण गर्ने काम लाई निरन्तरता दिईने हिमानी ट्रस्ट मकवानपुृरकी संयोजक सपना अधिकारीले बताउनुभयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*