हेटौंडामा राँके जुलुस, प्रहरी र प्रदर्शनकारी बीच धकेलाधकेल (भिडियो)

हेटौंडा खबर
२१ माघ २०७७, बुधबार २३:०१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको प्रचण्ड–माधब समुहका नेता तथा कार्यकताहरुले हेटौंडामा राँके जुलुस निकालेका छन् । प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा हेटौंडा–१० महालक्ष्मी बैक नजिकबाट नाराबाजी गर्दै राँके जुलुस निकालीएको हो ।

‘केपी तेरो पाराले दुःख पायो साराले’, ‘केपी चोर देश छोड’ जस्ता नाराबाजी गर्दै हातमा राँको बोकेर मेनरोडमा निस्किएको जुलुस हेटौंडाको सीमा चोकमा जम्मा भएको थियो । केहि कार्यकर्ता र प्रहरी बिच केहिबेर धकेलाधकेल समेत भएको थियो ।

प्रदर्शनकारिको राँको खोस्न र आगो निभाउन खोज्दा प्रहरी र प्रदर्शनकारी बिच चर्काचर्की भएको हो । नेपाल प्रहरी र ससस्त्र प्रहरी कै बीच प्रचण्ड–माधब समुहका नेता तथा कार्यकताहरुले राँके जुलुससहित प्रदर्शन गर्दा प्रहरीले भने कुनै प्रतिकार गर्न सकेको थिएन ।

जुलुसमा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी, नेकपा जिल्ला अध्यक्ष समेत रहेकी मुनु सिग्देल लगायत विद्यार्थी संगठनका युवा,नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । (भिडियो)

यसमा तपाइको मत

Your email address will not be published.


*