अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ

हेटौंडा खबर
२२ माघ २०७७, बिहीबार ०७:४१

नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दिन आज बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ ।

प्रहरीले बिहानै काठमाडौंकाे कलंकीबाट नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य लगायतका केहि बन्दकर्तालाई गिरफ्तार गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराएका छन् ।

बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रचण्ड–माधव समूहले बन्द सफल बनाउन उपत्यकाका बिभिन्न ११ स्थानमा स्थायी कमिटी सदस्यको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने बताएको थियो । कलंकीको नेतृत्व गरेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । nepalpress.com

यसमा तपाइको मत

Your email address will not be published.


*