हेटौंडामा झडप, रामकृष्ण शिवाकोटी पक्राउ

हेटौंडा खबर
२२ माघ २०७७, बिहीबार ११:०१

हेटौंडामा प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप भएको छ ।

हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।

आज  गरिएको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि प्रहरी संग भनाभन भएको हो ।

झडप भएपछी प्रहरीले अनेरास्ववियुका बिद्यार्थी नेता राम कृष्ण शिवाकोटीलाई पक्राउ गरेको छ ।

हेटौंडामा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता आक्रामक बन्दै गएका छन् । उनीहरुले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*