हेटौंडाको मेयरका छोरोले दादागिरी देखाएको भन्दै सिमाचोकमा मोटरसाइकल तोडफोड
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतका छोरा रुपक महतले दादागिरी देखाएको भन्दै नेकपा कार्यकर्ताले उनि चडेको मोटरसाइकल तोडफोड गरेका छन् ।
उपस्थित बन्दकर्ताका अनुसार हेटौंडाको सिमाचोकमा जम्मा भएर बसेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको अगाडी गएर थर्काएको र हेलमेटले हान्न खोजेपछि उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रोशित कार्यकर्ताले उनि चढेको मोटरसाइकल तोडफोड गरेका छन् ।
प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप समेत भएको छ । अवस्था तनावग्रस्त बनेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले अनेरास्ववियुका निद्यार्थी नेता राम कृष्ण शिवाकोटीलाई पक्राउ गरेको छ ।