भिडियोमा हेर्नुहोस् हेटौंडाको अवस्था, बिद्यार्थी नेता शिवाकोटी पक्राउ, मोटरसाइकल तोडफोड

हेटौंडा खबर
२२ माघ २०७७, बिहीबार ११:५५

हेटौंडामा प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप भएको छ । हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।  झडप भएपछी प्रहरीले अनेरास्ववियुका बिद्यार्थी नेता राम कृष्ण शिवाकोटीलाई पक्राउ गरेको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतका छोरा रुपक महतले दादागिरी देखाएको भन्दै मोटरसाइकल तोडफोड गरेका छन् ।

उपस्थित बन्दकर्ताका अनुसार हेटौंडाको सिमाचोकमा जम्मा भएर बसेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको अगाडी गएर धर्काएको र हेलमेटले हान्न खोजेपछि उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रोशित कार्यकर्ताले उनि चढेको मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप समेत भएको छ । अवस्था तनावग्रस्त बनेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*