हेटौंडामा रोकिएका सयौं सवारी प्रहरीले स्कटिङ गरेर पठायो (भिडियो)

हेटौंडा खबर
२२ माघ २०७७, बिहीबार १४:२५

प्रचण्ड -माधव समुहको नेकपाले गरेको आम हड्तालका कारण बिहिबार बिहानैदेखि हेटौंडामा अलपत्र परेका सवारीसाधनलाई प्रहरीले स्कटिङ गरेर पठाएको छ । आज बिहानैदेखि चितवन तर्फबाट आएका र प्रदेश २ का जिल्ला हुदै आएका सवारी हेटौंडामा रोकिएका थिए ।

सयौंको संख्यामा यात्रुवाहक र मालबाहक सवारीसाधन बाटोमै रोकिएपछी मकवानपुर प्रहरीले स्कटिङ गरी हेटौंडा कटाएको हो ।

नेकपाका कार्यकर्ताले हड्तालको अवक्षा गरेको भन्दै बिहानैदेखि सवारी चल्न नदिई सडकमा अवरोध खडा गरेका थिए । सवारीसाधनको करिव २ किलोमिटर भन्दा बढी लाइन भएपछी प्रहरीले स्कटिङ गर्दै सवारीसाधन पास गराएको थियो ।

भिडियो हेर्नुहोस् 

यसमा तपाइको मत

Your email address will not be published.


*