जनकपुरमा झडप, प्रहरीद्वारा दर्जनौँ राउन्ड हवाइ फायर

हेटौंडा खबर
२२ माघ २०७७, बिहीबार १४:४९

नेकपा प्रचण्ड-नेपाल समूहका प्रदर्शनकारी र प्रहरीबिच जनकपुरधाममा झडप भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर गरेको छ ।

प्रदर्शनकारीले बिहीबार जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकी चोकबाट जनक चोक हुँदै शिव चोक पुगेपछि भ्यानमा तोडफोड गर्न लागेपछि प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको हो।।

नेकपा नेता मातृका प्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाए पनि अवस्था सामान्य नबनेपछि प्रहरीले हवाईफायर गरेको हो । प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गर्नुका साथै आँश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर परेको छ ।

त्यस्तै ,महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा बर्दिबास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुङ्गाना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो । प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शङ्कर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चूडामणि पोखरेल, वडा सदस्य नीरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् ।

 उनीहरूको हात, खुट्टा र टाउको चोट लागेको र वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*