हेटौंडा भिलेज कृषि फार्मको बिक्रीकेन्द्र सुरु, सस्तोमै मासु पाइने

हेटौंडा खबर
१ फाल्गुन २०७७, शनिबार १८:५१

हेटौंडा ११ नवलपुरमा रहेको हेटौंडा भिलेज कृषी फार्मले हेटौंडा बजारमा बिक्रीकेन्द्र सुरु गरेको छ । आफ्नै फार्ममा उत्पादन गरिएका कुखुराहरुको मासु सिधै उपभोक्ता सामु पुर्याउने उदेश्यले सस्तो दरमा बिक्रीकेन्द्रको स्थापना गरिएको हेटौंडा भिलेज कृषी फार्मका सन्चालक राजु लामिछाने बताए । शनिबार नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रीय सदस्य तथा कृषि उध्यम केन्द्रका सभापति अरुणराज सुमार्गिले फार्मको बिक्रीकेन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा सुमार्गिले राज्यले कृषि उध्यम केन्द्रको विभिन्न कुरामात्र गरेको तर व्यवहारमा लागू गर्न नसकिरहेको अवस्थामा हेटौंडा भिलेज कृषी फार्मले उपभोक्ताको हितमा हुनेगरी अफैले उत्पादन गरेको चिज सिधै उपभोक्तासामु पुर्यौने काम गरेको बताए । सन्चालक लामिछानेका अनुसार “आफ्नो मात्र हैन साच्चै आफ्नो फार्म, लोकल मात्र हैन साक्चिकै लोकल” भन्ने नाराका साथ उपभोक्तालाई सुलभ मुल्यमै अर्गानिक मासु दिनेगरि बिक्रीकेन्द्र सुरु गरिएको हो । हेटौंडाको मनकवपुर क्याम्पस अगाडी रहेको बिक्रीकेन्द्रमा टर्की, लोकल कुखुरा,लोकल खसी, कडकनाथ, लोटन, ब्रोइलर लगायतका मासु सस्तो मुल्यमा उपलब्ध हुने हेटौंडा भिलेज कृषि फार्मले जनाएको छ । बिशेष गरि लोकल कुखुरा प्रती किलो ५ सय ५० रुपैयामै उपलब्ध गराइने सन्चालक लामिछानेले बताए । उत्पादन गर्ने किसानलाई कम मूल्य तिरी उपभोक्तालाई बढी मुल्य त्यसैमा पनि अस्वस्थकर मासु खान बाध्य भैरहेको अवस्थामा आफुले सोझै फार्मबाट उपभोक्ता सामु सुलभ मुल्यमै स्वस्थ्यकर मासु उपलब्ध गराउने कोसिस गरेको लामिछानेले बताए । यो सङै हेटौंडाका विभिन्न स्थानमा बिक्रीकक्षको सेवा बिस्तार गर्दै लाने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*