१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

हेटौंडा खबर
२ फाल्गुन २०७७, आईतवार १७:३०

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिजयनगर गाउँपालिकाका ३२ वर्षीय कर्ण बहादुर मल्ल रहेका छन् ।

मल्लले ती किशोरीलाई सोही गाउँपालिका २ स्थित गुगौलिस्थित जंगलमा शुक्रवार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर आज( आइतवार) बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*