पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण

हेटौंडा खबर
२ फाल्गुन २०७७, आईतवार १७:४५

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोभिड–१९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप १३१ जना कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६९ हजार ६० जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडबाट कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा हालसम्म २ हजार ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल १६ सय ४ जना आइसोलेसनमा र ७९ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख १७ हजार ५० जनामा पीसीआर परीक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*